नेपाली काँग्रेस गगन समुहको विशेष बैठक आज दिउँसो १ बजे बस्ने

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेपाली काँग्रेस गगन समुहले पछिल्ला समसामयिक घटनाक्रममा  छलफल गरी सरकारको ध्यानाकर्षण गराउन आज विशेष बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समुहका सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्।

काँग्रेसका एक नेताका अनुसार बैठकमा पछिल्ला घटनाक्रमको समीक्षा गर्दै सरकारसमक्ष उठाउनुपर्ने विषयमा छलफल गरिनेछ। बैठकबाट सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए।

विशेष बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत सहभागी गराइने बताइएको छ। नेपाली काँग्रेस शेरवहादुर समुहले मंसीर २१ देखी २३ गतेसम्म राजधानीमा गर्न लागेकाे महाधिवेशनका सम्वन्धमा पनि बैठकमा छलफल हुने बुझिएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *