नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनायो । लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए । अलि शेखले १२ बलमा २४ तथा निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे।
कप्तान रोहित पौडेलले ३१ बलमा ३० र डार्सी शर्टले १८ बलमा २१ रन बनाए । लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमाएर ३७ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले चार ओभरमा २५ रन दिएर दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट लिए ।उपाधि जित्न सुदूरपश्चिमले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ ।
