आजराति गण्डकी, कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आ बुधबार राति गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।

भाेलि बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भाेली राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

त्यस्तै, शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। शुक्रबारदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *