चक्रवात ‘अर्णव’ नेपालतर्फ, कुन क्षेत्रमा कस्तो जोखिम?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने भएपछि देशको विभिन्न क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चक्रवातको प्रभाव देखिन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज बुधबार जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार […]

Continue Reading

दास व्यापारको पीडादायी इतिहास स्वीकार्ने राजा चार्ल्सको भनाइ, तर क्षतिपूर्ति भने नदिने

बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले […]

Continue Reading

अध्यागमन विभागकाे आग्रह – “भाेलि कात्तिक १२ देखि तीन दिन पदयात्रा नगर्नू”

उच्च पहाडी तथा हिमाली भू-भागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेको भन्दै अध्यागमन विभागले आगामी तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा रोक्न आग्रह गरेको छ। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, […]

Continue Reading

१३ हजार फिटको स्काइडाइभिङ अब बाह्रै महिना

तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट ५० सेकेन्डको ‘फ्रि-फल’ र त्यसपछि प्यारासुटको सहायताले हिमाल नियाल्दै गरिने अवतरण यसअघि विदेशी प्रशिक्षक र निश्चित याममा मात्र सीमित पोखराको स्काइडाइभिङ अब नेपाली दक्ष प्रशिक्षकहरूकै नेतृत्वमा वर्षभरि नियमित रूपमा सञ्चालन हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र आरएओसी जारी गरेसँगै पोखरामा साहसिक खेल स्काइडाइभिङले […]

Continue Reading

तीन वर्षभित्र आठ शहरमा क्रिकेट रंगशाला बनाउने सरकारको योजना

सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) लाई देशका विभिन्न सहरमा विस्तार गर्ने लक्ष्यसहित आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला बनाउने योजना सार्वजनिक गरेका हुन्। मन्त्री लम्सालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको तेस्रो संस्करण […]

Continue Reading

पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस ठोक्किए, १० जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा कम्तीमा १० जना घाइते भएका छन्।  दुर्घटनाका  घाइते भएकाहरूलाई स्थानीय अस्पताल र सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगेर उपचार भैरहेको र उनिहरू सबैको अवस्था सामान्य रहेको प्रहरिले जनाएकाे छ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ […]

Continue Reading

उत्कृष्ट बलिङगर्दै कर्णालीको जनकपुरमाथि सहज जित

सानो स्कोर बनाए पनि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा १ सय १३ रनमा अलआउट भयो । दुई सिजनअघिको विजेता जनकपुरले अन्तिम ६ विकेट केवल १९ रनका लागि गुमाएको थियो । देब्रेहाते स्पिनर […]

Continue Reading

हुथीको ड्रोन आक्रमणमा उजाडियो महतो परिवारको सपना

महोत्तरीको पिपरा गाउँपालिका–१ ढेकाहास्थित एक घरको आँगनमा छरछिमेकीहरूको बाक्लो उपस्थिति थियो । उनीहरू सबै शोकमा देखिन्थे । आफैंलाई सम्हाल्न नसक्ने गरी भुइँमा थचक्क बसेकी थिइन्, ४१ वर्षीया इन्द्रिकादेवी महतो । साउदी अरबमा रोजगारीमा रहेका पति भरत महतो (४५) को ४ कात्तिकमा ड्रोन आक्रमणमा परी मृत्यु भयो । इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमाथि एकपछि अर्को गर्दै गरिरहेको आक्रमणको यो […]

Continue Reading

भारतमा ‘अर्नब’ चक्रवातको प्रभाव: ओडिसामा भारी वर्षा, झारखण्डमा सतर्कता अपनाउन निर्देशन

चक्रवाती तुफान ‘अर्नब’ थप तीव्र बन्दै अघि बढेसँगै प्रभावस्वरूप भारतको ओडिसा राज्यका विभिन्न भागमा तीव्र हावाहुरीसहित भारी वर्षा शुरू भएको छ। प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरेको छ। भारतीय मौसम विभाग (आईएमडी) ले ओडिसाका ६ वटा प्रमुख जिल्लाहरू पुरी, गजपति, गंजाम, रायगढा, कोरापुट र मलकानगिरिमा भारीदेखि अति […]

Continue Reading

नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन्। घटनापछि हजारौँ मानिस विस्थापित भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले मंगलबार जनाएको छ। निकायका राज्य प्रमुख लादान आयुबाका अनुसार फिरौतीका लागि अपहरण र अन्य आपराधिक गतिविधिमा सङ्लग्न ‘ब्यान्डिट’ भनिने समूहले शुक्रबार ताराबा राज्यको करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत […]

Continue Reading