पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : महतको मुद्दा मुलतबी राख्न अदालतको इन्कार

पोखरा विमानस्थलको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दा मुलतबी राख्न अस्वीकार गरेको छ। महत अदालतमा उपस्थित भएका बखत कानुनबमोजिम उपयुक्त आदेश हुने अवस्था भएको उल्लेख गर्दै अदालतले मुद्दा मुलतबीमा राख्न इन्कार गरेको हो। मानसिक अस्वस्थताका कारण महत आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको उल्लेख गर्दै उनकी श्रीमती रोशना महतले निवेदन […]

Continue Reading

प्रदीप अधिकारीले श्रीमतीको नाममा एक करोड ७१ लाखको जग्गा घुस लिएको अभियोग, सम्पत्ति शुद्धीकरणको पनि कसुर

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। ठेक्का दिलाएपछि एक करोड ७१ लाख रुपैयाँबराबरको जग्गा श्रीमतीको नाममा घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले गायत्री निर्माण सेवाका प्रेमप्रकाश ढकालसँग घुस लिएको आयोगको दाबी छ। जसमा ढकाललाई समेत प्रतिवादी बनाएर घुस […]

Continue Reading

स्वदेश फर्किँदै देउवा, सरकारले प्रतिशोध साध्ने आशंका

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन्। मंगलबार प्रेस विज्ञप्तिमार्फत स्वदेश फर्कन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरेका छन्। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक […]

Continue Reading

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल छ वटा प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज मङ्गलबार राति देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम […]

Continue Reading

युरोपमा तापलहरले एक सातामा दश हजारको मृत्यु

जुन महिनाको अन्त्यमा पश्चिम युरोपमा आएको तापलहरमा दश हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्र र विश्व स्वास्थ्य संगठनद्वारा समर्थित सञ्जाल युरोमोमोले प्रकाशित गरेको तथ्यांकमा उक्त जानकारी दिइएको हो । मृतकमध्ये नौ हजारभन्दा बढी ६५ वर्ष र सोभन्दा माथिका मानिस छन् । युरोमोमोका अनुसार अत्यधिक गर्मीका कारण वृद्धवृद्धामा ‘स्ट्रोक’, मुटु र श्वासप्रश्वाससम्बन्धी […]

Continue Reading

सेयर बजार सकारात्मक,कारोबार रकम साढे ६ अर्ब नाघ्यो

सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन सोमबार ४१.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको हो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड ४९ लाख […]

Continue Reading

‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’

जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता र कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम थियो । उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता र कार्यकर्ता लखेटिएका हुन् । पार्टी कार्यक्रममा सहभागी […]

Continue Reading

दक्षिण एसियाली करातेमा मनिषालाई तेस्रो पटक स्वर्ण पदक

कैलालीको गौरीगंगा नगरपालिका-१० की मनिषा बोहोराले दक्षिण एसियाली कराते प्रतियोगितामा लगातार तेस्रो पटक स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकि छन् । हाल सरस्वती माध्यमिक विद्यालय, गौरीगंगा–१० उदासीपुरमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया मनिषाले बंगलादेशको राजधानी ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पिएन सिप–२०२६ अन्तर्गत महिला जुनियर ६६ केजी तौल समूहमा स्वर्ण पदक जित्दै […]

Continue Reading

कीर्तिपुरमा आगलागी भएकाे कारबाट एक जनाको शव निकालियो

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको निजी गाडीमा आगलागी भएको हाे । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको छ । “शवकाे पहिचान भने खुलेकाे छैन, घटनाको थप अनुसन्धान सुरु भएकाे छ”, उनले भने  […]

Continue Reading

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि बन्द भएपछि त्यसको सास्ती मेची पहाडका सर्वसाधारणले व्यहोरिरहेका छन्। अहिले इलामबाट झापा जानका लागि भरपर्दो कुनै पनि सडक छैन। राजमार्गको वैकल्पिक रूपमा रहेका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडकको बीचमा पर्ने […]

Continue Reading