विधेयकबाट ‘वे’श्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग

सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन्। उनीहरूले शोषणको परिभाषामा बालबालिकामाथि हुने श्रम शोषण, बाध्यकारी श्रम तथा अन्य शोषणका स्वरूपसमेत स्पष्ट रूपमा समेट्न प्रस्ताव गरेका छन्। महिला तथा सामाजिक मामिला समितिमा आज मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार […]

Continue Reading

विद्यार्थीसँगको सम्बन्धबाट बच्चा जन्माउने शिक्षिकालाई साढे ८ वर्ष जेल सजाय

१२ वर्षका विद्यार्थीसँग याैन दुर्व्यवहार तथा याैन सम्पर्क गरेर बच्चा जन्माएकी एक पूर्वसंगीत शिक्षिकालाई अदालतले साढे ८ वर्ष जेल सजाय सुनाएको छ। पश्चिमी अस्ट्रेलियाको मन्डुराहकी ३४ वर्षीया नाओमी टेकिया क्रेगले बालबालिकामाथि दुर्व्यवहार र शोषणसम्बन्धी १२ वटा अपराध स्वीकार गरेपछि उनलाई  जेल सजाय सुनाइएको हो। उनले साढे ६ वर्ष जेल बिताएपछि प्यारोलका लागि आवेदन दिन पाउनेछिन्। […]

Continue Reading

फिफा एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ। बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम […]

Continue Reading

चितवनलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

थरिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको […]

Continue Reading

ईनम सापकोटालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले बिहीबार सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँलाई म्याद थप गरेको हो । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम […]

Continue Reading

हिमाली क्षेत्रका चुनौती र सम्भावनाबारे दोलखाको चरीकोटमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

दोलखामा कुनै समय सेताम्मे हिउँले ढाकिने हिमाल पछिल्लो समय काला पहाडजस्ता देखिन थालेका छन्। हिउँ पर्ने समयमा समेत हिमाली चुचुराहरूमा पर्याप्त हिउँ नदेखिनु, हिमनदी पग्लिँदै जानु र मौसमको चक्रमा परिवर्तन आउनुले हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रभावमा पर्दै गएको संकेत गरिरहेको छ। हिमालको यही बदलिँदो अवस्था, वातावरणीय संकट र दिगो विकासका सम्भावनाबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न दोलखाको […]

Continue Reading

पूर्वाधार अभावका कारण सास्ती व्यहोर्दै पाथीभरा दर्शनका लागि आउनेहरू

पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सङ्ख्या अत्यधिक बढेसँगै यात्रा व्यवस्थापन र पूर्वाधार अभावका कारण सास्ती खेप्नुपरेको भक्तजनहरूले गुनासो गरेका छन्। यात्रुहरूको चाप बढेपछि मन्दिर क्षेत्रमा होटेलमा बसोबास गर्न तथा सवारीसाधन पाउन कठिनाइ हुन सक्ने भएकाले मन्दिर व्यवस्थापन समितिले अग्रिम होटेल बुकिङ गर्न र यातायात व्यवसायीसँग समन्वय गरेर मात्र […]

Continue Reading

दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी.,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन […]

Continue Reading

चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरे। ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन। संयुक्त […]

Continue Reading

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ।प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो। यसका लागि भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि […]

Continue Reading