बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात वटा घर पूर्णरूपमा जले

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बाँकेको जानकी गाउँपालिका–६, कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सात वटा घर पूर्णरूपमा जलेका छन्।

आगलागीबाट मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीय साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेका छन्। त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक–एक तले कच्ची घर पनि पूर्णरूपमा जलेका छन्। महेश खानको पक्की घरको एउटा झ्यालमा समेत आगलागीबाट क्षति पुगेको छ।

आगलागी नियन्त्रणमा लिन कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल घटनास्थलमा पुगेपछि दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो। अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *