पाँचखालको रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रिसोर्टमा बस्दै आएका ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

केही दिनयता पाँचखालका विभिन्न घर तथा होटलहरू भाडामा लिएर चिनियाँ नागरिकहरू बस्न थालेपछि स्थानीयवासीले चासो व्यक्त गरेका थिए । उनीहरूको गतिविधिबारे स्थानीयस्तरमा चासो बढेपछि प्रहरीले अनुसन्धान तथा आवश्यक जाँचका लागि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको कारण, नेपाल बसाइको उद्देश्य तथा आवश्यक कागजातलगायतका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी बिष्टले जानकारी दिए ।

३१ जना पुरुष र ५ जना महिला नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त रिसोटको २ वटा कोठामा ठूलो संख्यामा ल्यापटप र मोबाइल रहेको,थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञसहितको टोली माग गरिएको डिएसपी विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *