आज केहि स्थानमा हल्का वर्षाको सम्भावना

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा छिटपुटदेखि हल्का र मध्यमसम्म वर्षा भएको छ।

कास्कीको पोखरा एयरपोर्टमा पछिल्लो चौबीस घन्टामा ४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै संखुवासभाको टांसी गाउँमा ३७ मिलिमिटर वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा छिटपुटदेखि हल्का वर्षा मापन भएको छ।

आज  सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राति  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ।

राति कोशी तथा गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *