सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनाएको हो ।

सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो । ओपनर स्कट कुगलेइनले छ र विनोद भण्डारीले एक रन मात्र बनाए  । त्यसपछि ब्याटिङमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता नै नखोली आउट भए  । दुवैलाई काठमाडौँका बलर सन्तोष यादवले पभेलियन फर्काए  ।

त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे  । शेख २५ बलमा १६ रन बनाएर रनआउट भए  । कप्तान ऐरीले ६० रनको अर्धशतकीय पारी खेल्दै टोलीको स्कोर उकासे  । थरिन्दु रत्नायकेले अविजित २६ रन बनाउदा  काठमान्डुका बलर जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *