बङ्गालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ बन्दै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यमपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ बनेको छ ।

महाशाखाका अनुसार मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणको आधारमा कात्तिक १५ गते आइतबार बिहान ११ः४५ बजे सो चक्रवाती आँधी बनेको छ ।

कात्तिक १६ गते सोमबार मध्यमपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस प्रणाली निरन्तर पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा नेल्लोर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रुपमा जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

हालसम्मको विश्लेषण अनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन । विभागले सो प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप सूचना अद्यावधिक गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *