प्रधानमन्त्रीद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन  ।

एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि भएको थियाे  । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल भएको हाे  ।

प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत

उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइनसले सोमबार पहिलो खेलमा सुदूरपश्चि रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुआत गरेको छ । गत वर्ष लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई नै फाइनलमा निराश पारेर च्याम्पियन बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालमा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ं.२ ओभरमै ८७ रनमा अलआउट भएको थियो । लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाएर सजिलै लक्ष्य प्राप्त गर्यो । गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पाँच बलअघि नै ८५ रनमै सीमित पारेको थियो ।

तेज बलर किशोर महतो र लेग स्पीनर शेर मल्लले मिलेर सात विकेट लिएपछि लुम्बिनीको पालि धराशायी भएको हो । चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यूको धरापमा पारेर मल्ल एनपिएल ३ मा विकेट लिने पहिलो बलर बने  ।

त्यसपछि किशोरले दसशीर्ष क्रमलाई ध्वस्त पारेपछि सुदूरपश्चिमले कुनै पनि समय राम्रो साझेदारी बनाउन सकेन । किशोरले पाँचौँ ओभरमा आरिफ शेख र नेदरल्यान्ड्सका ब्रेन्डन म्याकमुलेनलाई आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको हो । आरिफ छ बलको सामना गरेर शुन्यमा आउट हुनुभयो । दुई बलपछि किशोरले म्याकमुलनलाई दुई रनमा बोल्ड गरे  ।

दोस्रो स्पेलमा बलिङ गर्न फर्किएपछि पनि किशोरले एकै ओभरमा दुई ब्याट्सम्यनलाई पभेलियन फर्काए  । किशोरले १३ औँ ओभरमा कप्तान दिपेन्द्रसिंह ऐरी र हमेन्त धामी (०) लाई लगातार बलमा बोल्ड आउट गरे  । अविनाश बोहराले किशोरलाई ह्याट्रिकबाट रोके । दिपेन्द्रले आउट हुनुअघि सुदुरपश्चिमका लागि सर्वाधिक २७ रन बनाए । उनको २३ बलको पालिमा दुई चौका सामेल थियो । अनिल खरेल २६ बलमा १५ रन बनाएर अविजित रहे  । सुुदूरपश्चिमको पालिमा एक छक्का पनि प्रहार भएन ।

लुम्बिनीका जवाफमा अस्ट्रेलियाली ब्याट्सम्यान डार्सी सर्टले पहिलो बलमै छक्का प्रहार गरे । सर्टले १८ बलमै चार चौका र तीन छक्कासहित ४० रन बनाएपछि लुम्बिनीको जित थप सहज बन्यो । त्यसपछि जनकपुर बोल्ट्सबाट लुम्बिनी पुगेका आसिफ शेख २५ बलमा ३२ रन बनाएर आउट भए  । उनले दुई चौका र दुई छक्का प्रहार गरे  । श्रीलङ्काली विकेटकिपर ब्याट्सम्यान निरोसन डिकवेला सात रनमा दिपेन्द्रको बलिङमा बोल्ड भएपछि लुम्बिनीले तेस्रो विकेट गुमायो । त्यसपछि समि हुसेनले अविजत एक र रोहितले पाँच रन बनाएर लुम्बिनीलाई जित दिलाए  ।

भाेली मङगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किङसले चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ले कर्णाली याक्सको साना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *