कांग्रेसको चियापान कार्यक्रम यो वर्ष नहुने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ। बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेकाले चियापान नगर्ने कांग्रेसले जनाएको छ।

‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बुढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ,’ कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ।

शोकको समयमा चाडपर्व शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन सभापति गगनकुमार थापाले आग्रह गरेका छन्।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरेका थिए। त्यसपछि कांग्रेसले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *