पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको जनाइएको छ ।

प्रहरीले बानियाँसँग सम्बन्धित घटनामा विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। बानियाँका छोरा दीक्षान्त अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए । प्रभु बैंकबाट ३४ करोड ऋण लिएर प्रयोजनविपरित खर्च गरेको आरोप उनीहरूमाथि छ ।

त्यस्तै, गत वैशाखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बानियाँको निवासमा छापा मारेको थियो। बानियाँ २०८२ साउन २० देखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *