पर्यटन तथा धार्मिक क्षेत्रमा डिजिटल भुक्तानी बढदाे क्रममा

दुई वर्षअघि नेपाल आउँदा अनुजित बर्माले नयाँदिल्लीमै बैंकको एटीएमबाट नगद झिकेर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसलाई डलरमा साटीवरी काठमाडौं आएका थिए । वित्तीय–प्रविधि क्षेत्रमा काम गर्ने अनुजितलाई त्यो प्रक्रिया साह्रै झन्झटिलो र सुस्त लागेको थियो । यसपालि ‘फिनटेक एक्स्पो २०२६’ मा प्रदर्शनीकर्ताका रूपमा भाग लिन काठमाडौँ ओर्लिंदा भने उनले खल्तीमा नगद बोकेका थिएनन्, मोबाइलमा क्यूआर कोड थियो । […]

Continue Reading

भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहाैः महाशाखा

मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले पर्सी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै  हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागले हिजाे सोमबार बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार […]

Continue Reading

भक्तपुरका बाटोबाटोमा धान

हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको। दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ। आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ। धान […]

Continue Reading

युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए। गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन्।  उनका अनुसार घाइतेमध्ये दुई जनाको […]

Continue Reading

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

दोबावासी जोखिमपूर्ण  यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्। बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ। पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण […]

Continue Reading

हिमालको सौन्दर्य (फोटो फिचर)

ललितपुरको बालकुमारी सातदोबाटो क्षेत्रबाट मनास्लु, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमशृंखलाको सुन्दर दृश्य देखिएको छ । लामो समयसम्म वर्षाका कारण धुम्मिएको वातावरण मौसम खुलेसँगै सफा देखिन थालेपछि उपत्यकाबाट टाढाका हिमालसमेत दृश्यावलोकन गर्न सकिएको हो। यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ। साभारः गाेरखापत्र ।

Continue Reading

गुल्मी स्कारपियो दुर्घटना : छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।  जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्याङ्जाको चिरकोटदेखि राक्सेतर्फ आउँदै गरेको बी एए ०२२० नम्बरको स्कारपियो सडकदेखि करिब २५० […]

Continue Reading

प्रधानमन्त्रीद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन  । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि भएको थियाे  । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल भएको हाे  । प्रतियोगिता […]

Continue Reading

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउदै भने  “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना छ । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार हुने सम्भावना छ ।” उनले बङ्गालको खाडीमा चक्रवात बनिरहेकोले यसको […]

Continue Reading

सर्बियामा विद्यार्थी आन्दोलन : राष्ट्रपति भुचिचले स्वीकारे चुनावी हार

सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त […]

Continue Reading