रिगलको आममाफीविरुद्ध आवाज उठाउने पत्रकारका टाउकोमा ‘रड’ प्रहार

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालगञ्जका पत्रकार आशिष मल्लमाथि ‘रड’ प्रहार भएको छ । शनिबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–१० औध्योगिक क्षेत्रस्थित एक रेस्टुरेन्टमा कफी पिइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।

घरबाट करिब १५ मीनेटको दूरीमा रहेको ‘लाहुरे रेस्टुरेन्ट’मा साँझ करिब ५ः२० बजे कफी पिइरहेका मल्लमाथि कालो पहिरनमा आएका एक व्यक्तिले ‘रड’ प्रहार गरेको बताइएको छ । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको बताइएको छ ।  रड प्रहारबाट टाउकोमा लागेको चोट ।

मल्ल केही वर्षअघि हत्या अभियोगमा जेल बसेका रिगल ढकाललाई सरकारले दिएको आममाफीको विरोध गर्ने पात्र  हुन् । त्यसपछि मल्ललाई पटकपटक धम्की आउने गरेको श्रीमती भावना बुढाले बताइन् ।

‘रिगलविरुद्ध आवाज उठायो भनेर पटकपटक धम्की आउने गरेको थियो । सुरक्षाका सम्बन्धित निकायमा गुहार माग्दा पनि कसैले वास्ता गरेनन्,’ बुढाले भनिन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *