श्रीमतीको नक्कली जागिर : फ्रान्सका पूर्व प्रधानमन्त्रीलाई जेल सजाय

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

श्रीमतीको नक्कली जागिर प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय चुनावमा पराजित फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकेको छ । उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन ।

फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ ।

अदालतले उनलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर)  जरिवाना र पाँच वर्ष निर्वाचनमा उम्मेदवारी हुन रोक लगाएको छ । यो सजाय सन् २०२२ मा सुनाइएको सजाय भन्दा हल्का हो ।

सन् २०२२ मा उनलाई जेलमा बस्नुपर्ने गरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजायको सुनुवाइका लागि आदेश दिएको थियो ।  एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *