इरान र इजरायलबीच आक्रमण जारी, राजधानी तेहरानमा विस्फोट

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ ।

 इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई रोक्ने प्रयास गरिरहेका छन् ।  इरानी मिडियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बताए अनुसार इरानको राजधानी तेहरानमा धेरै विस्फोट र आकासमा मिसाइलहरूको लप्का देखिएको बताएको छ ।

यसैबीच, इरानी मिडियाले इरानको मध्ये भागमा रहेको नातान्जमा वायु रक्षा प्रणाली सक्रिय भएको जानकारी दिएको छ । नातान्ज एक महत्वपूर्ण परमाणु सुविधा रहेको स्थान हो जुन इजरायली आक्रमण सुरु भएदेखि नै इजरायलको आक्रमणको लक्ष्य बनेको छ ।

नातान्ज राजधानी तेहरानको करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ । यसअघि, इजरायलले सोमबार राति तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो । यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल माध्यम ‘ट्रुथ सोसल’मा सबैले तुरुन्त तेहरान खाली गर्नु भनेर पोष्ट गरेका थिए । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *