काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।
आइतबार बसेको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए । बैठकले जेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचनाहरु परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै जेठ ८ गते काठमाण्डौंको साँखुबाट जनआन्दोलन प्रारम्भ हुनुअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
आज बिहानमात्रै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो ।