भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

भारत–पाकिस्तानबिचको तनावको असर नेपाल–भारत सीमा क्षेत्रमा समेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशन अनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाई धनुषामा समेत बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले बताए  ।

उनले सीमामा आवत जावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको जानकारी दिए  ।

सिंहले भारत र पाकिस्तानबिच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय, मधेश प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको जानकारी दिए  । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको , आउने र जाने प्रयोजन रेकर्ड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको बताए  ।

यसअघि सीमावर्ती भारतीय बजार क्षेत्र वा सीमावर्ती भारतबाट आवतजावत गर्न अर्थात स्थल मार्गबाट दुवै देशका नागरिक बिना रोकावट आउने जाने गर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *