भारतको हिमाली शहर धर्मशालामा आइतबारका लागि तय गरिएको आइपीएल खेल अब पश्चिम भारतको अहमदाबादमा हुने भएको छ।पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अब आइतबार दिउँसो अहमदाबादमा हुनेछ। गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै धर्मशाला विमानस्थल बन्द भएको कारण खेल सारिएको बताए।
हाल भारतमा सुरक्षा कारणले १० मेसम्म २० भन्दा बढी विमानस्थल बन्द गरिएका छन्। जसमा धर्मशालाको विमानस्थल पनि पर्छ।