भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ । पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ ।
डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् । तर भारतीय मिडियाले भने पाकिस्तानमा आक्रमण भएको बताए पनि मृत्युको सम्बन्धमा केही भनेका छैनन् ।
भारतको यो आक्रमण सैन्य इलाकामा नभई अन्य वस्ती क्षेत्रमा भएको जनाइएको छ । यो आक्रमणसँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्रसमेत बन्द गरेको छ ।
भारतको कास्मिर पहलगाममा पयर्टनमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।
काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको जनाएको छ । भारतले मंगलबार मध्यराति पाकिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेसँगै पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको यो आक्रमणबाट महिला र बालबालिकाको निधन भएको जनाएको हो ।
“भारतीय वायुसेनाले भारतीय हवाई क्षेत्रमा रहँदा पाकिस्तानको सार्वभौमसत्ता तोड्दै पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गरेको छ । मुरिदके र बहावलपुरको अन्तर्राष्ट्रिय सीमा पारि, आजाद जम्मू–कश्मिरको कोटली र मुजफ्फराबादको नियन्त्रण रेखा पारि नागरिक जनसंख्यालाई लक्षित गर्दै एक अप्रत्याशित र स्पष्ट युद्ध कार्य गरेको छ,” पाकिस्तानी विदेश मन्त्रलायको विज्ञप्तिमा उल्लेख छ, “भारतको आक्रामक कार्यले महिला र बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको छ । यो आक्रामक कार्यले व्यावसायिक हवाई यातायातमा पनि गम्भीर खतरा निम्त्याएको छ ।”
पाकिस्तानी सञ्चारसंस्था डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म तीनजनाको निधन भइसकेको छ । यस्तै, १२ जना घाइते भएका छन् । यता, भारतले भने यसलाई आंतकवादी शिविरमा गरिएको कारवाही भएको जनाएको छ । भारतको कश्मिर पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको भारतले जनाएको छ ।
भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित २६ जनाको निधन भएको थियो ।
भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मिरमा रहेका केही संरचनाहरूमा लक्षित हमला गर्दै ‘अप्रेसन सिन्दूर’ नामक कारबाही प्रारम्भ गरेको छ । भारतले यसलाई केही दिनअघि पहलगाममा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । जहाँ एक नेपालीसहित २५ भारतीयको मृत्यु भएको थियो । भारतले भने ‘आतंकवादी’ संरचनामाथिको आक्रमण भनेको छ ।
भारतको रक्षा मन्त्रालयले बुधबार राति १:४४ बजे सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “थोरै समयअघि भारतीय सशस्त्र बलले ‘अप्रेसन सिन्दूर’ आरम्भ गर्याे, जसमा पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मीरमा रहेका आतंकवादी पूर्वाधारहरूमा आक्रमण गरियो।”
आक्रमणमा जम्मा नौ स्थानहरूलाई लक्षित गरिएको जनाइएको छ। विज्ञप्तिमा थप भनिएको छ, “हाम्रा कारबाहीहरू कुनै पनि पाकिस्तानी सैन्य संरचनालाई निशाना बनाइएको छैन ।”
भारतीय सेनाले पछिल्लो समय जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि यस्तो कारबाही थालेको हो। उक्त आक्रमणमा एक जना नेपालीसहित २५ जना भारतीय नागरिकको हत्या भएको थियो ।
“यस आक्रमणको जिम्मेवारी लिनेहरूलाई जवाफदेही बनाइने हाम्रो प्रतिबद्धतालाई हामी पूरा गर्दैछौं,” विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले ‘अप्रेसन सिन्दूर’ सम्बन्धी विस्तृत जानकारी दिन थप ब्रिफिङ दिन लागिएको पनि जनाएको छ।
भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपत्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् । भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।
भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् । उता, पाकिस्तानी प्रधानमन्त्री भारतले गरेको युद्धको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् ।
भारतका केही मिडियाले पाकिस्तानले पनि जवाफी आक्रमण भएको जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्था डानले लेखेको छ, “भारतले लगाएको यो युद्धको उचित जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ र उचित जवाफ दिइँदैछ । सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र सेनाको साथमा छ र सम्पूर्ण पाकिस्तानी राष्ट्रको मनोबल र भावना उच्च छ ।”
भारतको यो आक्रमणबाट तीन जनाको निधन र १२ जना घाइते भएको डानले जनाएको छ । यस्तै, डानका अनुसार भारतले पाकिस्तानको कोल्टी, बहवालपुर, मुरिदके, बाघ र मुजफरबादमा आक्रमण भएको जनाएको छ ।