बालमन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ।महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो। बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन्।

रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्‍ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए। ‘बालमन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ। निर्णय भएर जिल्लामा पठाइसकेको छ,’ उनले भने, ‘१७ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय छ।’

तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने गरी तयारी भइरहेको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए। ‘१७ जनाविरूद्ध हुनसक्छ, हामी केलाइरहेका छौं। सम्भव भए भोलि नै मुद्दा दर्ता र्छौं,’ उनले भने।

नेपाल बाल संगठनलाई हानीनोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो।यसअघि गत वर्ष वैशाखमा पनि बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस प्रकरणमा सि‌ंहसहित २० जनाविरूद्ध पक्राउ पुर्जी लिएको थियो।

तर उनीहरूमाथि अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो। उच्च सरकारी वकिल कार्यालयबाट पनि सदर भई महान्यायाधिवक्ता कार्यालयमा पुगेको प्रकरणमा मुद्दा चलाउन निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *