बामपन्थी नेता प्रदीप नेपालको निधन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वामपंथी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । नेपालको ७१ वर्षको उमेरमा आज थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि उनी पार्किन्सन रोगबाट ग्रसित रहेका थिए । उनी केही दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । तर सोमबार नेपालको स्वास्थ्य अवस्था बिग्रिएपछि सघन उपचारकक्ष मा सारेर उपचार गरिएको थियो । रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।

नेपाल २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा नेकपा एमालेका तर्फबाट शिक्षा मन्त्री रहेका नेपाल पछिल्लो समय भने राजनीतिमा सक्रिए थिएनन् । नेपाल साहित्यकारका रुपमा समेत परिचित छन् ।यसैबिच उनकाे अहिले  पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।

उनको निधनको खबरपछि उपप्रधानमन्त्री प्रकाशमान सिंह, रक्षा मन्त्री मानवीर राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत नर्भिक अस्पताल पुगेर परिवारका सदस्यहरूसँग भेटेका थिए। नेता नेपालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएन। अस्पतालबाट पार्थिव शरीर मंगलबार अपराह्न पशुपति आर्यघाट लगियाे ।

२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए। धनुषामा २०३५ सालमा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी थिए। त्यसपछि उनी लगातार केन्द्रीय कमिटीमै रहे। २०७१ सालपछि भने उनी राजनीतिमा सक्रिय हुन सकेनन्।

नेता नेपालको पार्थिव शरीर पशुपतिस्थित विद्युतीय शवदाहगृहमा मंगलबार साँझ अन्त्येष्टि गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *