इजरायली सेनाले गाजामा कारबाहीलाई तीव्र र विस्तार गर्न हजारौं रिजर्भ सैनिकलाई बोलाउन थालेको छ। इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा बन्धकहरूलाई रिहा गर्ने र हमासलाई पराजित गर्ने उद्देश्यले दबाब बढाइरहेको बताएको छ। सेनाले नयाँ क्षेत्रहरूमा सञ्चालन हुने र जमिन माथि र तल सबै पूर्वाधार नष्ट गर्ने बताएको छ।
इजरायली मिडिया रिपोर्टका अनुसार इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजामा नयाँ सैन्य विस्तारलाई अनुमोदन गरेको छ। यद्यपि, रिपोर्टहरूका अनुसार सैन्य विस्तार अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण पछि लागू गरिनेछ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौता असफल भएको छ। गाजामा ५९ बन्धकहरूको रिहाइ अझै बाँकी छ। जसमा २४ जना जीवित रहेको बीबीसीले उल्लेख गरेको छ।