आवासीय चिकित्सकको आन्दोलन स्थगित

अर्थ राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ।संघले शनिबार विज्ञप्ति निकाल्दै एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो।

संघले आवासीय चिकित्सकसँग शनिबार गरेको छलफलको आधारमा यस्तो निर्णय गरेको हो। मन्त्रालयले आन्दोलनरत चिकित्सका अन्य मागलाई सम्बोधन गर्न कार्यदल गठन  गरेपछि परिस्थितिलाई मध्यनजर गर्दै अन्दोलनका कार्यक्रम स्थगित गरेको संघका महासचिव डा. सन्जिब तिवारीले जानकारी दिए ।

उनले भने , “आन्दोलन रोकिएको छैन, स्थगित मात्र गरिएको हो। प्रतिबद्धताका आधारमा हाललाई आवासीय चिकित्सकलाई आ-आफ्नो कार्यस्थलमा गई नियमित कार्यमा संलन्न हुन आग्रह गरेको छ।” आवासीय चिकित्सकलाई आत्मसम्मानका साथ निर्भय भएर नियमित कार्यमा फर्कने वातावरण निर्माण गर्न संघले आग्रह गरेको छ। यो निर्णय एवं प्रतिबद्धतामा कथम कदाचित तल माथि भएमा पुन आन्दोलनमा फर्कने संघले चेतावनी दिएको छ।

आयोगको १८ औँ बैठकको निर्णय अनुरुप, निजी तथा सार्वजनिक संस्थाको एकै साथ म्याचिङ प्रकृया सुरु गर्नका लागि संघले आयोगलाई अनुरोध गरेको छ। आवासीय चिकित्सकले निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने,आवासीय चिकित्सकको सुत्केरी, बिरामी बिदा, कार्यअवधिको विषय उठाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *