रेशम चौधरी रिहा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका  छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले रेशम चौधरी भर्खर थुनामुक्त भएको जानकारी दिए  । बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुगेका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

तत्पश्चात् सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा कैदमा राख्न कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र आधिकारिक नभएको भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएका थिए  ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका  अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *