‘सगरमाथा संवाद’ को झन्डा सगरमाथा पुग्दै !

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फरफराउने भएको छ । संसारभरिका राष्ट्रबिच जलवायु परिवर्तनको असरले परेको प्रभावबारे एउटै साझा बुझाइ बनाउने र हिमालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष मुखरित गराउने उद्देश्यले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने तयारी गरेको छ । सगरमाथा संवाद लेखिएको लोगोसहितको विशेष झन्डा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट फहराउने छन्  ।

सगरमाथा आरोहणमा जान लागेका छत्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झन्डा हस्तान्तरण गरे  । प्रधानमन्त्री कार्यालय सिंहदरबारले तयार पारेको उक्त झन्डा हस्तान्तर गर्दै प्रधानमन्त्री ओलीले सफल आरोहणका लागि शुभकामना पनि दिए  । सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छत्याल सोमबार सगरमाथातर्फ प्रस्थान गर्ने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए  ।

झन्डा हस्तान्तरण समारोहमा मुख्य सचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति थियो । हिमाली पर्यावरणमा देखिएका समस्यालाई विश्व मञ्चमा स्थापित गराई यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०१९ मा सगरमाथा संवादको स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *