कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ४ का भरतकुमार राई र सोही ठाउँका महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिएका छन्।

दुवै जना त्रिवेणीताल पदमार्गमा काम गर्ने मजदुर भएको गाउँपालिकाले जनाएको छ। अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले त्यहाँ नौ जनाले काम गरिरहेका बेला आइतबार दिउँसो आएको हावाहुरी र पानी, चट्याङले घटना भएको जानकारी दिए । अरु कामदार भने सकुशल रहेको उनले उल्लेख बताए ।

मृतकहरुको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। सोमबार बिहानमात्रै शव निकाल्न सुरु हुने उनको भनाइ छ। पर्यटकीय गाउँ घान्द्रुकबाट चार घन्टा पैदल यात्रा गरी पुग्न सकिने घटनास्थलमा हिउँ परेकाले शव पुरिएको अध्यक्ष केसीले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *