सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी आज प्रदर्शन गरिँदै

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारत  काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गर्न लागिएको छ ।

मङ्गलवार आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको छ ।  हत्याको विरोधमा वैशाख १३ गते आज  प्रदर्शन गर्न लागिएकाे नागरिक अभियानका कार्यवाहक अध्यक्ष डा.हरिहर घिमिरेले जानकारी दिए ।

 उनीहरुले पाकिस्तानी दूतावास अघि धर्ना गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी गराएका छन् ।  उनीहरुले घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै पाकिस्तानै योजना अनुसार हिन्दु पर्यटकमाथि आक्रमण भएको दाबी गरेका छन् ।
मङ्गलवार भएको आतङ्कवादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए ।  सुदिपको बुधबार नै बुटवल ल्याएर अत्यष्टि गरिसकेको छ । सुदिप आमा रिमाक, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पाहलगमा पुगेका थिए । आतङ्ककारीले सुदीपलाई नाङ्गै बनाएर गोली हानी हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *