विसं. २०७२ वैशाख १२ गते शनिबार बिहान ११ः५६ बजे गएको भूकम्प विसं. १९९० को महाभूकम्प पछिको ठुलो भूकम्प थियो । गोरखा जिल्लाको पारपाकलाइ केन्द्र विन्दु बनाई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प सबैभन्दा ठुलो र विनासकारी भूकम्प रहेको जनाइएको छ । भूकम्पमा परी करिब आठ हजारको मृत्यु भएको थियो भने १६ हजारभन्दा बढी घाइते भएको तथ्याङ्क उल्लेख छ ।
उक्त भूकम्प गएको एक दशक भएको छ । त्यसयता नेपालमा चार रेक्टर स्केलभन्दा माथिका थुप्रै भूकम्प र पराकम्प गएको रेर्कडमा उल्लेख छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले हालसम्म गरेको भूकम्पको रेर्कड अनुसार १९९० यता चार रेक्टर स्केलभन्दा ठुला एक हजार २५७ वटा भूकम्प गएको छ ।
केन्द्रका भूकम्पविद् तारा पोख्रेलले २०७२ साल वैशाख १२ गतेदेखि हालसम्म नेपालमा ८३७ पटक चार रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको बताइन । उनिले साना ठुला सबै गरेर नेपालमा ५५ हजारभन्दा धेरै पटक भूकम्प गएको उल्लेख गर्दै २०७२ सालको गोरखाको भुकम्पनै सबैभन्दा ठुलो भूकम्प भएको जानकारी दिदै भूकम्पविद पोख्रेलले गोरखा केन्द्रविन्दु बनाएर हालसम्म ६०२ पटक चार रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको बताइन ।
२०७२ पछि पनि धनजनको क्षति हुनेगरी पश्चिम नेपालमा फरक फरक मितिमा विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
भूकम्पविद् पोख्रेलका अनुसार २०७९ साल कात्तिक २२ गते डोटी जिल्लामा केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसैगरी २०७९ माघ १० गते बाजुरा केन्द्रविन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गयाे ।
२०८० असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो भने २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्पविद् पोख्रेलले जानकारी दिइन । ती विभिन्न समयमा गएको भूकम्पले धनजनको क्षति पुर्याएको छ ।