रुकुम पूर्वको रन्मामाइकोट नजिक ४.२ को भूकम्प

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रुकुम पूर्व जिल्लाको रनमामाईकोट क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहीबार बेलुका ७ः३४ बजे ४ं.२ रिक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय म्याग्निच्युड ४.२ मापन गरिएको हो। भूकम्पको केन्द्रविन्दु रुकुम पूर्वको पहाडी क्षेत्रमा पर्छ।

हालसम्म मानवीय क्षति वा भौतिक क्षतिबारे विस्तृत विवरण प्राप्त भएको छैन। केन्द्रका अनुसार पछिल्लो समय देशका विभिन्न भूभागमा स–साना परकम्पहरू आइरहेका छन्, जसले भूगर्भीय चाप झल्काउँछ।

भूकम्प विज्ञहरूले यस क्षेत्रमा भूकम्पको सम्भावना सधैं रहेको बताउँदै सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *