राजतन्त्रको आन्दोलनप्रति हाम्रो सम्मान छ: राउत

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजतन्त्रको माग राख्ने आन्दोलनप्रति सम्मान रहेको बताएका छन्। यद्यपि, आन्दोलन शान्तिपूर्ण हुनुपर्ने र तीनकुने घटनाजस्तो हिंसात्मक नहुनुपर्नेमा उनले जोड दिए।  डा. राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्नो दृढ समर्थन व्यक्त गरे।

“यो व्यवस्थाले मधेसको छोरालाई देशको सर्वोच्च पदमा पुग्ने अवसर दियो। सदनमा बसेर सरकारको विरोध गर्न, गणतन्त्र वा राजतन्त्रको नारा लगाउन स्वतन्त्रता छ। राजतन्त्रमा यस्तो सम्भव थिएन,” उनले भने।

उनले गणतन्त्रलाई सुन्दर र समावेशी व्यवस्था भन्दै यसको गौरव गर्ने बताए। “राजतन्त्रको माग गर्नेलाई हाम्रो सम्मान छ। माग्नुस्, मज्जाले। हाम्रो तर्फबाट कुनै रोकटोक छैन। तर, आन्दोलन शान्तिपूर्ण होस्, तीनकुनेको जस्तो हिंसा नहोस्,” उनले थपे।

डा. राउतले जनमत पार्टी गणतन्त्रको पक्षमा अडिग रहेको दोहोर्‍याउँदै सबैलाई आफ्नो विचार स्वतन्त्र रूपमा व्यक्त गर्ने अधिकारको सम्मान गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *