बुधबारदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बुधबारदेखि शिक्षक आन्दोलन  बिहान ११ देखि २ बजेसम्म हुने भएको छ ।  नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए ।

‘२०८२ बैशाख १० गतेबाट  आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो  २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।

महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *