ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकीविरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उनको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

“यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु – म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु”, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भने , “हामीले खतरामा परेको महसुस गर्‍यौँ र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।”

क्युबेकको विशिष्ट संस्कृति र राजनीतिक इतिहाससँगै यस भाषाले स्वतन्त्रताको सपनालाई पोषण गरेको छ । विभाजनबारे प्रान्तको सबैभन्दा भर्खरको जनमतसङ्ग्रह सन् १९९५ मा भएको थियो । यद्यपि हालसम्म धेरैले नयाँ जनमत सङ्ग्रह चाँडै हुन सक्ने आशा गरेका थिए ।

कतिपयका लागि सीमाको दक्षिणमा ट्रम्पको शपथग्रहण पछिका हप्ताहरूले सबै कुरा परिवर्तन गरेको छ । “म लामो समयदेखि क्युबेक स्वतन्त्र हुने पक्षमा थिएँ, तर मलाई लाग्छ आजको संसारमा यो समयको बर्बादी हो”, पोटभिनका साथी पियरे चोइनियरले भने , “जब तपाई अमेरिकाविरुद्ध हुनुहुन्छ, तपाई ठुलो र बलियो हुनुपर्छ ।”

प्रतिकूल हावा

क्युबेकवासीहरूले क्यानडाली भएकोमा ‘गर्व’ वा ‘धेरै गर्व’ भएको मतदानकर्ताहरूलाई बताउने अनुपात डिसेम्बर २०२४ मा ४५ प्रतिशतबाट बढेर दुई महिनापछि ५८ प्रतिशत भयो ।

क्युबेकवासीहरूको समग्र ‘गर्व’ अनुपात क्यानडामा सबैभन्दा कम भए तापनि ‘धेरै गर्व’ गर्नेहरूको सङ्ख्या समग्र आँकडाभन्दा पनि बढी बढेको छ । यस्ता सङ्ख्याहरूले जुन केवल फ्रान्सेली भाषी प्रान्तमा मात्र चुनावका लागि उम्मेदवार खडा गर्ने ब्लक क्युबेकोइसलाई अस्थिर बनाएको छ । शरद ऋतुसम्म यसले २०२१ मा क्यानडाको संसदमा ३३ सिट सुरक्षित गरेपछि अप्रिल २८ को राष्ट्रिय चुनावमा समर्थन बढ्ने अपेक्षा गरेको थियो ।

“पार्टीले कहिल्यै यस्तो बलियो प्रतिकूल हावाको सामना गरेको छैन”, सन् २००७ देखि सन् २०२१ सम्म क्युबेक सिटीका मेयर रहेका स्वतन्त्रता समर्थक राजनीतिक अनुभवी रेजिस लाबेउमले भने , “क्यानडाको एकता बढ्दै जाँदा आफूलाई स्थापित गर्न सजिलो छैन, यस पटक धेरै मानिसले आफ्नो हृदयबाट नभई रणनीतिक रूपमा मतदान गर्नेछन् ।”

लाबेउमले क्यानडाको समृद्धि र सार्वभौमसत्तामा ट्रम्पको खतरामा मतदाताहरूको आघातबाट स्पष्ट रूपमा परिवर्तन भएको देख्छन् ।

“क्यूबेकवासी र क्यानडालीका रूपमा हामीले कहिल्यै युद्ध देखेका छैनौँ, हामी कहिल्यै हाम्रो शारीरिक अखण्डताका लागि डराएका छैनौँ, त्यसैले यी धम्कीहरू ठुलो आघात हुनुका कारण यही हो”, लाबेउमले भने , “मानिसहरू अचम्मित छन् ।” यसैबिच अन्य पृथकतावादीहरूले गिलासलाई आधा भरिएको रूपमा हेर्ने प्रयास गरिरहेका छन् ।

“हामी गम्भीर खतराको सामना गरिरहेको बेला पनि लगभग एक तिहाई मानिसहरू क्यूबेकको स्वतन्त्रता चाहन्छन्”, पृथकतावादी महासङ्घ ओइ क्युबेकका अध्यक्ष क्यामिले गोयेट–जिङ्ग्रासले भने , “हाम्रो प्रान्त क्यानडाको बाँकी भागभन्दा आर्थिक रूपमा फरक छ र त्यसैले हामी आफ्नो रक्षा गर्न सक्षम हुनुबाट लाभान्वित हुनेछौँ ।”

यस्ता तर्कहरू हुँदाहुँदै पनि पछिल्लो जनमत सर्वेक्षण अनुसार ब्लक क्यूबेकोइसले आउँदो चुनावमा प्रान्तको मतको केवल २५ प्रतिशत मात्र पाउने देखिन्छ । यसले पृथकतावादीहरूलाई पछिल्लो पटक जितेको सिट सङ्ख्याको लगभग आधा मात्र छोड्न सक्छ । यो राष्ट्रिय परिणामको केवल पाँचदेखि छ प्रतिशत मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *