सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने,२०८२ बैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८ औँ South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिवर्तन गरी वडा नं. ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,नागरिक एप ( सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने,२०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने APT (Asia Pacific Telecommunity) Ministerial Meeting (APT-MM) मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।