हिउँपहिरोमा दुई जना बेपत्ता

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिएका छन् ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकाेप्टरमार्फत पठाइएको उनले बताए  । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *