अर्घाखाँचीमा जिप दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुना साथ उद्दारका लागी  इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरिएको प्रहरी निरिक्षक मरासिनीले जानकारी दिए  ।  अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *