फिदिम र यासोकमा आगलागी, सात घर जले

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउ‘पालिकाका दुईवटा जंगलमा जथाभावी लगाइएको डढेलोमा परेर पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक बृद्वा, एक बालिका र तीन महिला छन् । उनिहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) बिनालाल साह (तेली) ले जानकारी दिए  ।

कुम्मायक गाउ‘पालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको नीजि वनमा लागेको डढेलोमा पर्दा स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे, २२ वर्षीया प्रतिमा सम्वाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाइते भएका हुन । विहीबार दिउँसो जंगलमा घॉस दाउरा गर्न जंगल गएका चारैजना जंगलको पुछारबाट सल्केको डढेलोमा पर्दा घाइते भएको बताइएको छ ।

घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर छ । घाइते चारैजनालाई डढेलो लाग्दै गरेको स्थानबाट उद्वारगरी थप उपचारार्थ सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सो आगलागीमा परी सातवटा घरमा क्षति पुग्नुका साथै ४० लाख हाराहारीको क्षति भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी चौकी यासोकबाट खटेका प्रहरी स‘गै स्थानीयको सक्रियतामा राति साढे ९ बजे आगाे नियन्त्रणमा आएको छ । यस्तै, फिदिम नगरपालिका १३ जौवारीको जंगलमा विहीबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भीर भएकी छन् ।

उनि जंगलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा परेर घाइते भएकी हुन ।  नेम्वाङलाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

      जुम्ला कालढुङ्गीको एक घरमा आगलागी

चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएको थियाे  । आगलागीका कारण घरभित्र राखिएका सामानहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *