हाजिरी जमानीमा छुटे राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल रिहा भएका छन् । शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी आफ्नै ल फर्मबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपीलराज बोहराले नेपाललाई हाजिरी जमानीमा छाडिएको बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई भने म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईं भने फरार रहेका छन् । उनले आफू काठमाडौंमै रहेको बताएका छन् । आइतबार फेसबुकमा लाइभ आउँदै प्रसाईंले आफू काठमाडौंको एउटा मन्दिरमा सुरक्षित रूपमा बसेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *