तीनकुने प्रकरणः हालसम्म १११ जना पक्राउ, दुर्गा प्रसाईं फरार

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्। शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले प्रसाईंनिकट महेन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्त एसपी अपिलराज बोहराले जानकारी दिए । शुक्रबार पूर्वराजाको समर्थकहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार भएका अराजक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई भने प्रहरीले फेला पार्न सकेकाे छैन । प्रसाईंको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।प्रसाईंलाई पक्राउ गर्न विभिन्न स्थानबाट प्रहरी टोली खटाइएको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए । उनका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् ।

प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उनले जानकारी दिए  ।  घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गरे   तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । “प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ  वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ”, उनले भने  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *