एक महिनामा जलेर आधा दर्जनको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सुख्खा मौसमका कारण आगलागीका घटना बढ्दै गएका छन् । पछिल्लो एक महिनामै आगलागीमा परेर आधा दर्जनले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार गत फागुनमा आगलागीका घटनाबाट एक पुरुष, चार महिला र एक बालक गरी छ जनाको मृत्यु भएको छ ।

आगलागीमा ६५ जना घाइते भएका छन् । फागुन महिनाभर पाँच सय एक वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । त्यसबाट ८४ घर र ५७ गोठमा क्षति पुगेको छ भने एक सय ४६ पशुचौपाया मरेका छन् ।

प्रहरीका अनुसार ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट ४० करोड ४८ लाख  बराबरको धनमालको क्षति भएको छ । सबैभन्दा बढी आगलागी घटना कोशी प्रदेशमा भएको छ ।

कोशीमा एक महिनामै १३५ वटा आगलागीका घटना भएका छन् । मधेशमा १०५, बागमतीमा ४४, काठमाडौं उपत्यकामा ४९, गण्डकीमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिममा ४१ वटा घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *