एसपिजी अटोमोबाइल्सको आधिकारिक विक्रेता ओमोडा एण्ड जेईकोले पहिलो वार्षिकोत्सव मनाएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा एसपिजी अटोमोबाइल्ससंग सम्विन्धीत व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेईको नयाँ प्रविधिमा आधारित ईलेक्ट्रिक्ल भेईकल भएको र वातावरणिय उतरदायित्वलाई मध्यनजर गर्दे नेपालकाे व्यापारिक क्षेत्रमा प्रभुत्व जमाउन सकेकाे दावि गरे ।
एसपिजी अटोमोबाइल्सका विक्रि तथा वजार व्यवस्थापन महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दलेओमोडा एण्ड जेईको सम्वन्धका बिषयमा जानकारी दिदै संस्थाले अहिलेसम्म लञ्च गरेका मोडलहरु साथै नेपालमा एक वर्षभरिमा जेईकोले गरेका प्रमुख कार्यहरूका बारेमा जानकारी गराएका थिए । उनले नेपालको ईतिहासममै पहिलोपटक खेलाडीलाई प्रोत्साहन स्वरुप गाडी उपलब्ध गराउने संस्था अेमोडा एण्ड जेईको रहेकाे पनि बताए ।
संस्थाले गाडी बेच्ने काम मात्र गरेको नभई फास्टेस्ट ग्रोईङ चार्जिङ स्टेशन निर्माण गर्ने काममा पनि जेईको अगाडि रहेको अहिलेसम्म ३० वटा स्टेशनबाट सेवा दिईरहेको र यसलाई छिट्टै १०० वटा बनाउन पनि जेईको प्रतिवद्ध रहेको र जेईकोले अब चाँडैनै २ प्रकारका मोडलको गाडी जेको-५ र जेको-२३ लञ्च गर्ने तयारी गरेको र यी दुवै मोडलहरुको फिचर विशेष रहेकोले सिमीत अवधिको लागि विशेष छुटमा खरिद गर्न सकिने जानकारी समेत उनले दिए ।
यस्तै कार्यक्रममा शारडा गुप्रका अध्यक्ष शिवरत्न शारडाले सबैको साथ र सहयोगले नै ओमोडा एण्ड जेईकोले अटोमोबाईल्सको क्षेत्रमा पृथक पहिचान बनाउन सफल भएको दाबि गरे । गत १५ मंसिरमा आयोजित नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एण्ड जेईको शारडा गुप्रले पुरस्कार स्वरूप गाडी प्रदान गरेको थियो ।