अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्दै आएका जर्ज वेलको ६७ वर्षको उमेरमा  निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उनको निधन भएको समाचारमा जनाइएको छ ।

वेल सात फिट आठ इन्च अग्लो थिए । के कारणले उनको निधन भएको हो, हालसम्म खुलाइएको छैन । अमेरिकाका राष्ट्रिय र स्थानीय अखवारहरुले प्राथमिकताका साथ वेलको निधनको समाचार प्रसारण गरेका छन् । अमेरिकन हरर स्टोरीलगायत थुप्रै सिनेमामा भूमिका निर्वाह गरेका कलाकार तथा भर्जिनिया राज्यको नरफोक काउन्टीको प्रहरी उपप्रमुख वेललाई विशाल शरीर भएका भद्र मानिसका रूपमा चिनिन्थ्यो ।

भर्जिनियाको पोर्टस्मथमा १९५७ मा जन्मेका वेलको नाम गिनिज वल्र्ड रेकर्डमा सन् २००७ मा दर्ता भएको थियो तर  यसको केही वर्षसम्म अमेरिकाका सर्वाधिक अग्ला मानिसको रुपमा इभोर भोभ्कोभिन्स्कीको नाममा दर्ता थियाे  । तर सन् २०२१ इभोरको निधन भएपछि अमेरिकाका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान पुन उनमा आएको थियो ।

जन्मँदाखेरि साधारण रुपमै जन्मिएका वेल कक्षा चारमा पढ्दा पाँच फिट अग्लो भैसकेका थिए । ज्यादै तीव्र गतिमा बढ्ने गिगान्टिजम भन्ने हर्मोनको कारण उनको उचाइ बढेको कुरा चिकित्सकहरुले बताएका थिए । १२ कक्षा उत्तीर्ण हुँदासम्म वेलको उचाइँ सात फिट ६ इन्च पुगिसकेको थियो । उनले मोरिस व्राउनबाट बास्केटबल पनि खेल्ने गरेका थिए  । लस एन्जल्स ओलम्पिकको समापन समारोहमा पनि उनि सहभागी भएका थिए ।

गिनिज बुकमा विश्वका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान भने ४२ वर्षीय तुर्किस किसान सुल्तान कोसेनको नाममा रहेको छ । सुल्तान ८ फिट २ इन्च अग्लो छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *