पेट्रोलमा ५ , डिजेल र मट्टीतेलमा ४ रूपैया मूल्य घट्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर  चार रुपियाँले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेसशनबाट  प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *