काठमाण्डौको आकाशमा दुर्घटनाबाट जोगियो अर्को जहाज

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

युएईको सारजाहबाट आएको एयर अरेबियाको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो दुर्घटनाबाट जोगिएको छ ।दिउँसो १ बजेर ५ मीनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि ‘मिस एप्रोच’ गरेको विमान दुर्घटनाबाट उम्किएको हो ।

बेलैमा ‘ओभरसुट’ गरेका कारण अप्रिय स्थिति आउन पाएन । विमानस्थलबाट करिब पाँच सय मीटरको दूरीमा कोटेश्वरको नरेफाँटमाथि आइपुगेपछि एक्कासी हावाको भुमरीका विमान हल्लिएर मिस एप्रोच भएको थियो । उड्डयन क्षेत्रमा दुई तर्फको हावा मिसिएपछि बन्ने भुमरीलाई विन्ड सियर भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *