पोखरामा कोटीहोमको स्थान परिवर्तन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मावन सेवा फाउन्डेशनले पोखरामा आयोजना गर्ने भनेको कोटीहोमका लागि नयाँ ठाउँ खोज्ने भएको छ ।फाउन्डेशनले लेक साइडमा कोटीहोम आयोजना गर्नेगरी तयारी थालेकोमा पोखरा महानगरले त्यहाँ गर्न नदिने बताउँदै आएको थियो, जसकारण फागुन २३ गते दुई पक्षबीच झडपसमेत भयो ।

विवाद सुल्झाउन बसेको जिल्ला प्रशासन कार्यालय, महानगर र आयोजक प्रतिनिधि सम्मिलित त्रिपक्षीय बैठकले नयाँ ठाउँ खोज्ने सहमति गरेको हो । बैठकमा कोटीहोमको लागि नयाँ ठाउँ खोज्ने र पाँच सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । उनका अनुसार आज  बस्ने कार्यपालिका बैठकले समितिमा रहने सदस्यहरुको टुंगो लगाउनेछ ।

‘वार्ता सकारात्मक रह्याे, अहिले कोटिहोम गर्ने भनिएको स्थानको विकल्प खोज्न एउटा समिति बनाएर जाने भन्ने निर्णय भएको छ’, उनले भने ।

फाउन्डेशन जसरी पनि लेकसाइडमै कोटीहोम आयोजना गर्न प्रयासरत रहेको र महानगर पनि कार्यक्रम गर्न नदिने अडानमा रहेको पृष्ठभूमिमा प्रजिअ पाण्डेले बैठक बोलाएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *