अन्तरराष्ट्रिय नारी दिवस (अङ्ग्रेजी: International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०२५ मा आइपुग्दा बिश्वभर ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनादै छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।
इतिहास
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेन हेगनको सम्मेलनमा यसलाई अन्तराष्ट्रिय दर्जा प्राप्त भयो।
हालका कार्यक्रमहरू
हालका दिनहरूमा संसार भरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् । सन् २००१ मा internationalwomensday.com नामक डिजिटल हबको सुरुवात भयो । यसमा सित्तैमा आफ्नो गाउँ समाजमा हुन लागेका कार्यक्रमहरूको रजिस्टर गर्न सकिन्छ ।
[४]ताइवान मा भने नारी दिवस महिलाको कम्मरको आकारको सर्वेक्षणको नतिजासँगैँ सुरु हुन्छ, जसमा मोटोपनाको विरुद्ध चेतावनी दिइने गरिन्छ ।