१६ औं राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रमबिच प्रतिवेदन सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैङ्गिक समानताका प्रगतिको अनुगमन, मूल्याङ्कन गर्न जरुरी रहेको बताए । उनले महिलाको विकास, सशक्तीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्दै उनले आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने र सरकारले लैङ्गिक समानताको नीति लागू गर्नुपर्ने बताए ।
यस्तै उनले , ‘‘हाम्रा सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । यो दुःखलाग्दो विषय छ । हामी लागिरहेका छौँ । हामी कसरी पूर्ण रुपमा सिफारिस कार्यान्वयन गराउन सक्छौँ भनेर लागिरहेका छौँ । सरकारको लैङ्गिक समानताको नीति लागू गर्नुपर्छ । त्यो कुरा प्रतिवेदनमा उल्लेख छ ।
लैङ्गिक मूल प्रवाहीकरणमा गति दिनुपर्छ । लैङ्गिक संवेदनशील सूचकहरुको विकास गर्नुपर्छ । भाषिक रुपमा लैङ्गिक समानताका प्रगतिको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ । महिलाको विकास, सशक्तीकरणमा जोड दिनुपर्छ र मानव अधिकारमाथि देखिने चुनौतीहरु सबै मिलेर समाधान गर्नुपर्ने समेत बताए ।