सिड्नीमा एन्टाको होली मेला

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सिड्नी । अस्ट्रेलियाको ग्रानभिल पार्कमा ‘होली हंगामा’ कार्यक्रम आयोजना गरिने भएको छ । चैत्र २ (मार्च १५ शनिबार)मा आयोजना हुने होली मेलामा नेपाल तथा अस्ट्रेलियाका कलाकारहरूको प्रस्तुति रहने आयोजक एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)का महासचिव विकास झाले जानकारी दिए ।

उनका अनुसार, ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको मेलामा नेपाली खाना, गीत–संगीत र नाचगान रहनेछ । यस्तै, मेलामा प्रवेश गर्न कुनै शुल्क लाग्ने छैन ।

एन्टाका अध्यक्ष रन्जित शाहले संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सिड्नीमा होली पर्वको आयोजना गर्न लागिएको बताए ।उनले सिड्नीवासी नेपालीहरूलाई आपसमा माया साटेर होली मनाउन आग्रह गरे ।

कार्यक्रममा सुदीन पोखरेल, सोभित बस्नेत, आरिफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतमलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *